Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यू–१९ विश्वकप : बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय

यू–१९ विश्वकप : बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय

  • बुधवार, माघ १७ २०८०

  • 621
    SHARES

  • यू–१९ विश्वकप : बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय

    काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

    माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

    नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ ।

    पछिल्लो खेलमा अफगानिस्तानबाट नेपालले तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेन्चमा राखेको छ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ ।

    त्यसैले नेपालको लक्ष्य बिना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

    उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ । नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भए पनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।


    बुधवार, माघ १७ २०८००१:५५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij