Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकले आज १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

राष्ट्र बैंकले आज १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

  • सोमवार, माघ २२ २०८०

  • 509
    SHARES

  • राष्ट्र बैंकले आज १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने
    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । माघ २३ गते जारी गर्ने गरी केन्द्रीय बैंकले १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । 
     
    तथापि, मङ्गलवार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । 
     
    बैंकको सूचनाअनुसार १८२ दिने ट्रेजरीका लागि ७ अर्ब रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ नवीकरण हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार अर्थात् माघ २२ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने माघ २३ गते मङ्गलवार हुनेछ । 
     
    केन्द्रीय बैंकले यसअघि माघ १५ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
     


    सोमवार, माघ २२ २०८००७:००:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij