Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनताले परिवर्तन खोजिरहेका छन् , वामपन्थीहरू मिल्नुको विकल्प छैन : झलनाथ खनाल 

जनताले परिवर्तन खोजिरहेका छन् , वामपन्थीहरू मिल्नुको विकल्प छैन : झलनाथ खनाल 

  • सोमवार, माघ २२ २०८०

  • 1.0K
    SHARES

  • जनताले परिवर्तन खोजिरहेका छन् , वामपन्थीहरू मिल्नुको विकल्प छैन : झलनाथ खनाल 
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनता र राष्ट्रका समस्या सम्बोधन गर्न नसकेको बताउनुभएको छ । अहिलेको अवस्थामा जनता सरकारसँग मात्र नभएर प्रतिपक्ष दलसँग पनि सन्तुष्ट नरहेको दाबी गर्नुभयो । देशमा विकराल र विकृतिको उधुम लाग्दै गएको र यो भ्रष्ट्राचार र विकृतिप्रति जनता असन्तुष्ट रहेकोले विकल्प खोजिरहेका बताउनुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता खनालले यो पुँजीवादी व्यवस्था, शोषणको व्यवस्था, अन्याय र अत्याचारीको व्यवस्था र भष्ट्रको व्यवस्था रहेकाले समाजवादी व्यवस्था नै अहिलेको विकल्प रहेको दाबी गर्नुभयो । 
     
    अहिले दक्षिणपन्थीहरू र केही वामपन्थीहरू पनि यथास्थितिवादको बाटोमा हिँडेर आम जनता र राष्ट्रका समस्याहरूलाई कुल्चिने काम गरेको भन्दै आमूल परिवर्तन र प्रगतिशील परिवर्तनका लागि वामपन्थीहरू एक भएर मुलुकलाई विकल्प दिनुपर्ने औंल्याउनुभयो ।
     
    उहाँले अहिलेको अवस्थामा प्रधानमन्त्री र मन्त्री फेरबदल गरेर समस्या समाधान नहुने भन्दै नीति र कार्यक्रमहरूमा नै आमूलचूल परिवर्तन गरेर नयाँ दिशा दिए मात्र देशलाई ठिक दिशामा लिन सकिने बताउनुभयो ।
     
     


    सोमवार, माघ २२ २०८०१०:०८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij