Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमितहरूले भर्ना हुनुअगावै ५० हजारदेखि २ लाखसम्म धरौटी जम्मा गर्नुपर्ने

कोरोना संक्रमितहरूले भर्ना हुनुअगावै ५० हजारदेखि २ लाखसम्म धरौटी जम्मा गर्नुपर्ने

  • बुधवार, कार्तिक ५ २०७७

  • 1.0K
    SHARES

  • कोरोना संक्रमितहरूले भर्ना हुनुअगावै  ५० हजारदेखि २ लाखसम्म धरौटी जम्मा गर्नुपर्ने

    धुलिखेल अस्पतालले कोरोना संक्रमितहरू उपचारका लागि भर्ना हुनुअगावै कम्तिमा ५० हजार रूपैयाँ धरौटी जम्मा गर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

    अस्पतालले कात्तिक ३ को मितिमा जारी गरेको सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सरकारी निर्णयानुसार कात्तिक २ देखि लागू भएको शुल्क भन्दै अस्पतालले जारी गरेको सूचनामा सामान्य लक्षण भएका बिरामीलाई ५० हजार, मध्यम लक्षण भएका बिरामीलाई १ लाख र जटिल लक्षण भएका बिरामीलाई २ लाख रूपैयाँ धरौटी भर्ना हुनुअगावै जम्मा गर्न भनिएको छ ।

    भेन्टिलेटर, अक्सिजन, अन्य जाँचहरूको शुल्क अतिरिक्त लाग्ने अस्पतालले जनाएको छ । सरकारले यही कात्तिक २ गतेबाट कोरोना संक्रमितको नि:शुल्क उपचार नगर्ने निर्णय गरेको थियो ।


    बुधवार, कार्तिक ५ २०७७०३:१५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij