पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा तीन हजार एक सय सातजना संक्रमित थपिएका छन्।
उपत्यकाको काठमाडौं जिल्लामा २३ सय ९१ जना, ललितपुरमा पाँच सय ४३ जना र भक्तपुरमा एक सय ७३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बुधबार देशभर २९ सय ९६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।