Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभामा सांसदहरुबीच घोचपेच, भ्रष्टाचार र बेथितिका कुरा प्रवेश (खास खबर)

प्रतिनिधिसभामा सांसदहरुबीच घोचपेच, भ्रष्टाचार र बेथितिका कुरा प्रवेश (खास खबर)

सरकारले कामै गर्न नसकेको भन्दै आलोचना
  • बुधवार, माघ २४ २०८०

  • 714
    SHARES

  • प्रतिनिधिसभामा सांसदहरुबीच घोचपेच, भ्रष्टाचार र बेथितिका कुरा प्रवेश (खास खबर)

    काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुबीच घोचपेच भएको छ । लामो समयपछि बसेको संसदमा भ्रष्टाचार र बेथितिले सीमा नाघेको भन्दै आवाज उठ्न शुरु भएको छ । सरकारले जनतालाई सुशासन प्रत्याभूत गराउन नसकेको सांसदहरुको आवाज छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । उहाँले काम गर्न पुराना दलहरुलाई नयाँ दलले कहीँ नरोकेको स्पष्ट पार्नुभयो ।

    नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाउनुभएको छ । सरकार स्टन्टबाजीमा लागेको टिप्पणी गर्दै उहाँले प्रतिपक्ष यसमा निर्मम भएर अगाडि बढ्ने बताउनुभयो ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा विश्वास गुम्दै गएको बताउनुभएको छ । महामन्त्री थापाले अहिले अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको पाइएको बताउनुभयो । प्रधानमन्त्री क्याप्टेन भएपनि त्यो भूमिकामा बस्न नसकेको उहाँको भनाइ छ ।

    स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताउँदै बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा सत्तागठबन्धनकै नेताहरुको हात रहेको दाबी गर्नुभयो । राणाकालीन समयका प्रमाण आफूसँग सुरक्षित रहेको बताउँदै सिंहले कारबाही गर्न सरकारलाई चुनौति दिनुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । उहाँले देशले अवलम्वन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताउनुभयो । सरकारले विकास र सुशासनका कुरा गरेपनि देश भ्रष्टाचारमा मात्रै अगाडि बढेको उहाँको दाबी छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले एकले अर्कालाई कटाक्ष गर्दै बिताएका छन् । प्रतिपक्षले सरकारको काम गर्ने गति नमिलेको भन्दै आलोचना गरेको छ भने सत्ता पक्षले बचाउ गरेको छ ।

     


    बुधवार, माघ २४ २०८००८:०८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij