Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

२ हजार ९९६ जना डिस्चार्ज ,कोरोना मुक्त हुनेको संख्या एक लाख नजिक

२ हजार ९९६ जना डिस्चार्ज ,कोरोना मुक्त हुनेको संख्या एक लाख नजिक

  • बुधवार, कार्तिक ५ २०७७

  • 889
    SHARES

  • २ हजार ९९६ जना  डिस्चार्ज ,कोरोना मुक्त हुनेको संख्या  एक लाख नजिक
     

    काठमाडौँ l कोरोना भाइरस संक्रमण निको हुनेको संख्या झण्डै एक लाख पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म निको हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको जानकारी दिएको हो l

    पछिल्लो २४ घण्टामा भने २ हजार ९९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।

    २४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन्।

     


    बुधवार, कार्तिक ५ २०७७०५:०३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij