Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक सिरिजः नेपाल र क्यानडाको अन्तिम खेल आज

त्रिकोणात्मक सिरिजः नेपाल र क्यानडाको अन्तिम खेल आज

  • सोमवार, माघ २९ २०८०

  • 593
    SHARES

  • त्रिकोणात्मक सिरिजः नेपाल र क्यानडाको अन्तिम खेल आज

    काठमाडौं। नेपाल र क्यानडाबिच त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेल आज हुँदैछ।

    कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुने खेलमा नेपाल आज सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रिदै छ।

    क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ। सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटले क्यानडामाथि जित हात पारेको थियो।

    नेपाल एक खेल अगावै विजेता बनिसकेको छ। यो श्रृंखला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ।

    सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ।

     


    सोमवार, माघ २९ २०८००८:२३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij