Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपिएल : बैंगलोरको सहज जित

आईपिएल : बैंगलोरको सहज जित

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.4K
    SHARES

  • आईपिएल : बैंगलोरको सहज जित

    एजेन्सी ।युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं जित निकालेको छ ।

    अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

    बैंगलोरको जितमा देबदुत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए ।यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे ।कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।कलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादबले १२ रन बनाए ।

    त्यस्तै टम बानटनले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।कलकत्तालाई सस्तैमा समेट्न बैंगलोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए ।

    यससँगै बैंगलोरले कोलकत्तामाथि लगातार दोस्रो खेलमा जित निकालेको छ । सिजनको पहिलो भेटमा बैंगलोरले कोलकत्तालाई ८२ रनले हराएको थियो ।

    कोलकत्तालाई हराएसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।
    कोलकत्ताले भने १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा यथावत रहेको छ ।


    बिहिवार, कार्तिक ६ २०७७०६:५३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij