Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ माओवादी विधानको पूर्णपाठ

यस्तो छ माओवादी विधानको पूर्णपाठ

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 1.8K
    SHARES

  • यस्तो छ माओवादी विधानको पूर्णपाठ
    काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान पारित गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान पारित गर्नुभएको हो । 
     
    मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । ती समूहबाट आएको सुझावलाई संकलन गरेर विधान पास गरिएको बताइएको छ  ।
     
    माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो ।
     
    बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 
     
    विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषसित हुने बताउनुभयो । उहाँले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो । 
     
    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि २० समूहहरूबाट सुझाव संकलन गरिएको थियो ।
     
    यस्तै नयाँ विधानअनुसार माओवादीले प्रत्यक्ष निर्वाचनबाट समिति चुन्ने भएको छ । ११ जनाको केन्द्रीय कार्यालय बनाउने पनि बताएको छ । १९९ केन्द्रीय समिति कायम गरिएको छ । माओवादी केन्द्रले चुनाव चिह्न र नाम पनि यो पटकलाई फेरेको छैन ।
     


    बिहिवार, फाल्गुण ३ २०८००५:१७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij