Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अछाममा जिप दुर्घटना एकजनाको मृत्यु, १४ जना घाइते

अछाममा जिप दुर्घटना एकजनाको मृत्यु, १४ जना घाइते

  • बुधवार, फाल्गुण ९ २०८०

  • 741
    SHARES

  • अछाममा जिप दुर्घटना एकजनाको मृत्यु, १४ जना घाइते

    काठमाडौं । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

    चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज बिहान जिप दुर्घटना भएको हो ।

    से१ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिनुभयो ।

    घाइते १४ जनाको बयालपाटा अस्पतालमा उपचारको भइरहेको प्रहरीले जनाएको छ ।


    बुधवार, फाल्गुण ९ २०८००२:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij