Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन गृहको निर्देशन

हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन गृहको निर्देशन

  • बिहिवार, फाल्गुण १० २०८०

  • 738
    SHARES

  • हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन गृहको निर्देशन
    काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैको नाममा दर्ता भएको वा अतिक्रमण गरेको सूचना पठाउन जिल्ला प्रशासनका कार्यालयलाई अनुरोध गरेको छ ।
     
    मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक वा सरकारी जग्गा निजी गर्नेलाई कारबाही गरी फिर्ता ल्याउने प्रक्रिया थाल्नका लागि सूचना दिन अनुरोध गरेको हो ।
     
    जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नका लागि सरोकारवाला निकायसँग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउन गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको बताइएको छ।
     
    सरकारी वा सार्वजनिक जग्गा दुरूपयोग गरी दर्ता श्रेष्ता कायम गर्ने गरी निर्णय गरेको, सो को आधारमा दाखिल खारेज गरेको, हक स्वामित्व कायम गरेको, त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको लगायत जुनसुकै प्रकारको गैर कानुनी काम गर्नेलाई कारबाही गर्न सूचना दिन माग गरेको हो ।


    बिहिवार, फाल्गुण १० २०८००४:३३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij