Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा छ : गृहमन्त्री श्रेष्ठ

वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा छ : गृहमन्त्री श्रेष्ठ

  • शनिवार, फाल्गुण १२ २०८०

  • 1.5K
    SHARES

  • वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताउनुभएको छ। सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो बताउनुभएको छ ।

    वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, यो नेपाली कांग्रेसलाई सोध्नुस् । प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताउनुभयो ।

    सामन्तवादको निकृष्ट अवशेष मिटर ब्याज समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले सरकार मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक सरकार लागिरहेको बताउनुभयो ।

    समस्या समाधानका लागि काठमाडौं पुगेका मिटरब्याजपीडितहरुलाई गृहमन्त्री श्रेष्ठले भन्नुभयो, समस्या समाधान हुन्छ, हामीले छोडेका छैनौं, कानुन बनायौँ, आयोग बनायौँ, आयोगको समय सकिएपछि अहिले प्रहरीमा सबै उजुरी पठाएका छौँ, साढे पाँच हजारभन्दा बढी पीडितले न्याय पाएका छन् ।

     


    शनिवार, फाल्गुण १२ २०८००२:२१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij