Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिदै गयो : कांग्रेस

संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिदै गयो : कांग्रेस

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.1K
    SHARES

  • संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिदै गयो : कांग्रेस

    काठमाडौं । नेपाली काँग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिले सरकारलाई कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन आग्रह गरेको छ ।

    समितिका संयोजक एवं काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आज प्रेस नोट जारी गर्दै संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा नेपाली काँग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका बाबजुद सरकार कोभिड—१९ संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिदै गएको आरोप लगाउनुुभएको हो ।

    सरकारी अस्पतालहरुले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नुपर्ने सूचना जारी गरिरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा कतिपय बिरामीहरु खर्च जुटाउन नसकेर अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुने गरेको र संक्रमणले गम्भीर हुँदासमेत कतिपयले घरमै बस्नुपर्ने बाध्यता भएको जिकिर गर्नुुभयो ।

    सरकार जिम्मेवारी बहन गर्नुबाट कर्तव्यच्यूत भएको यो चरम नमूना भएको पनि डा. महतको भनाइ छ । कोभिड—१९ संक्रमणको विशिष्ट परिस्थितिमा बडा दसैँलाई आ–आफ्ना घरमा मात्र मनाएर संक्रमणको जोखिमलाई कम गर्नसमेत उहाँले सबैमा अपिल गर्नुुभएको छ ।


    बिहिवार, कार्तिक ६ २०७७०४:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij