Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

  • बुधवार, फाल्गुण १६ २०८०

  • 471
    SHARES

  • नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

    काठमाडौं । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

    खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो। गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो। पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन गर्‍यो ।

    सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काइन्। खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो।

    नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ।


    बुधवार, फाल्गुण १६ २०८००७:५०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij