Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पार्टीको संस्थागत हितको पक्षमा छुँ : जनार्दन शर्मा

पार्टीको संस्थागत हितको पक्षमा छुँ : जनार्दन शर्मा

  • बिहिवार, फाल्गुण १७ २०८०

  • 860
    SHARES

  • पार्टीको संस्थागत हितको पक्षमा छुँ : जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस् भन्ने लक्ष्यका साथ पार्टीभित्र विषय उठान गरेको बताउनुभएको छ ।

    बुधबार बसेको स्थायी कमिटीको बैठकमा शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यविभाजनमा असन्तुष्टि जनाउँदै फरक मत बुझाउनुभएको थियो । पार्टीको संस्थागत हितको पक्षमा आफू रहेको उहाँको भनाइ छ ।

    शर्माले फेसबुकमा लेख्नुभएको छ, ‘भर्खरै सम्पन्न स्थायी समिति बैठकमा केही महत्वपूर्ण सवालबारे पार्टी सुधारको पक्षमा व्यक्तिगत धारणा राख्नुपर्ने आवश्यकता ठहर गरी मैले संस्थागत हितका लागि विषय उठान गरेको हुँ । खासगरी पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस्, सो अनुरुप कार्यान्वयन, गुणात्मक सुधारसहितको बलियो पार्टी निर्माण गर्न आन्तरिक जनवादसहित नेता, कार्यकर्ताको न्यायोचित र पूर्वाग्रह रहित कार्यविभाजन हुनु पर्छ भन्नेमा जोड दिने कुरा पार्टीलाई बलियो बनाउने कुरा हो ।’

    उहाँले माओवादीसँग बलिदानको धरोहर सहिद, घाइते, अपांगता भएकाप्रतिको जिम्मेवारी उपलब्धिको रक्षा र दायित्व रहेकोले अविचलित रूपमा अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।


    बिहिवार, फाल्गुण १७ २०८००५:१३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij