Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

  • शनिवार, फाल्गुण १९ २०८०

  • 681
    SHARES

  • नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

    काठमाडौं। त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाललाई नेदरल्याण्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले १९.३ ओरभमा १२० रन बनाएको हो। नेदरल्यान्डस्का लागि म्याम्स उडले ३१, टिम भानले २४, रिलोफ भानले २३ र स्कट इडवार्डस् १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    नेपाली बलरले शुरूआतदेखि नै नेदरल्यान्डस्लाई दबाबमा राखे। करण केसीले पहिलो ओभरमै दुई विकेट लिए। त्यस्तै, प्रतिश जीसीले तीन, कुशल मल्लले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। नेदरल्यान्डस्का दुई खेलाडी रन आउट भए।

    फाइनलको सम्भावना जोगाइराख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ।


    शनिवार, फाल्गुण १९ २०८००१:१६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij