Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रदिप ज्ञवाली र रामबहादुर थापाको मौनता र निरिहता रहस्यमय : डा लोहनी

प्रदिप ज्ञवाली र रामबहादुर थापाको मौनता र निरिहता रहस्यमय : डा लोहनी

  • शुक्रवार, कार्तिक ७ २०७७

  • 1.6K
    SHARES

  • प्रदिप ज्ञवाली र रामबहादुर थापाको मौनता र निरिहता  रहस्यमय : डा लोहनी

    काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएर भेटघाट गरेर गएको विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र गृह मन्त्री रामबहादुर थापा बादलको मौनता र निरिहता रहस्यमय भएको आरोप लाग्न थालेको छ ।

    यती महत्वपूर्ण र प्रत्यक्ष सरोकारको विषयमा पनि मौन रहने, भूमिका नदेखाउने र निरिह हुने हो भने मन्त्री रहीरहनुको कुनै औचित्य नभएको पनि पूर्व परराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले टिप्पणी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गदै उहाँले भन्नुभयो, “परराष्ट्र मन्त्री र गृह मन्त्री जागिर मात्रै खाने केही काम नभएका मन्त्री भए, उनीहरुले राजीनामा दिए हुन्छ ।”

    उहाँले परराष्ट्रमन्त्री ज्ञवालीको मौनता अचम्मको भएको टिप्पणी गर्दै ज्ञवालीले विदेशी गुप्तचरको भ्रमण र भेटघाटको बारेमा सार्वजनिक रुपमा जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।

    हरेक कुराको विधि, प्रक्रिया, मुल्य, मान्यता र प्रचलन हुने भएपनि प्रधानमन्त्री ओलीले अटेरी गरेको आरोप लगाउदै उहाँले संविधान संशोधन गरेर ओलीले जे गरेपनि हुन्छ भन्ने व्यवस्था गर्न व्याङ्ग्यात्मक सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो, “केपी ओली बाहेक यो मुलुकमा केही राज्य संरचना, संस्था, मादपण्ड, मान्यता, विधि केही छैन, उहाँले जे गरेपनि हुन्छ भनेर संविधानमा व्यवस्था गरे हुन्छ ।”

    प्रधानमन्त्री ओलीले राज्यको नियम, कानुन, पार्टी, जनता, मुल्य मान्यता कसैलाई पनि नटेरेर अहमता र दम्भ मात्रै देखाएको अरोप पनि डा लोहनीले लगाउनुभयो । राष्ट्रवादको आवरणमा प्रधानमन्त्री ओलीले लम्पसारवाद अबलम्बन गरिरहेको पूर्व परराष्ट्रमन्त्री लोहनीको आरोप छ ।

     


    शुक्रवार, कार्तिक ७ २०७७०९:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij