Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो, चालक प्रहरीको नियन्त्रणमा

धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो, चालक प्रहरीको नियन्त्रणमा

  • बुधवार, फाल्गुण २३ २०८०

  • 2.4K
    SHARES

  • धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो, चालक प्रहरीको नियन्त्रणमा
    काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार(आज) बिहान त्रिशूली नदीमा खसेको थियो। 
     
    दुर्घटनामा एक जना महिला सहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो। मृतकको सनाखत हुन बाँकी छ।
     
    दुर्घटनामा ३७ जनाको जीवितै उद्धार गरिएको थियो। घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
     
    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन्। उद्धार जारी छ। बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ। बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


    बुधवार, फाल्गुण २३ २०८००९:३२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij