Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने

नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने

  • बिहिवार, फाल्गुण २४ २०८०

  • 740
    SHARES

  • नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

    ८ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् ।

    बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग जाने अंकमा खरिद गर्न पाइने छ ।

    ऋणपत्र खरिद गर्न चाहनेले २९ फागुनमा ३ बजेभित्र नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्न सक्नेछन् ।

    यस ऋणपत्रको साँवा भुक्तानी ३० फागुन २०८८ मा हुनेछ भने ब्याज अर्धवार्षिक रुपमा लगानीकर्ताले पाउने छन् ।

    नागरिकले आवेदन दिँदा राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा गई खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत रकम राष्ट्र बैंकको खाता नं. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्र प्रतिलिपीसहित विभागमा अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ ।

    यो विकास ऋणपत्र नेप्सेका सूचीकृत भई कारोबारमा आउने छ भने बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण समेत लिन सकिन्छ ।

     


    बिहिवार, फाल्गुण २४ २०८००२:११:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij