Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेका ६ जनाको निवेदन

इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेका ६ जनाको निवेदन

  • आइतवार, फाल्गुण २७ २०८०

  • 2.4K
    SHARES

  • इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेका ६ जनाको निवेदन

    काठमाडौं । इलामको २ नम्बर निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि नेकपा एमालेका ६ जनाले निवेदन दिएका छन् ।

    एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आइतबार (आज)साँझसम्मको समयसीमा दिएको छ । हालसम्म ६ जनाले निवेदन दिएको उक्त समितिका सचिव उमेश गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार निवेदन दिनेहरुमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।

    सुवेदी जिल्ला उपसचिव हुन् । खनाल जिल्ला सचिवालय सदस्य तथा माई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा एमालेको इलाम २ नम्बर क्षेत्रीय सभापति पनि हुन् । देवी क्षेत्री दुलाल एमालेको जिल्ला सचिवालय सदस्य र रिपल राई कोशी प्रदेश समिति सदस्य हुन् । नरेन्द्र भट्टराई भने नेकपा कार्यकालको समयका केन्द्रीय सदस्य बनेका थिए ।

    उम्मेदवार छनोट समितिका सचिव गुरुङले आज बेलुकासम्म निवेदन पर्खिने र भोलि बैठक बसेर सर्वसम्मत बनाउने प्रयास गर्ने बताउनुभयो।

    गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तोकिएको छ ।


    आइतवार, फाल्गुण २७ २०८००२:२४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij