Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना परीक्षण र उपचारबाट सरकार पछि हटेको छैनः प्रधानमन्त्री ओली

कोरोना परीक्षण र उपचारबाट सरकार पछि हटेको छैनः प्रधानमन्त्री ओली

  • शुक्रवार, कार्तिक ७ २०७७

  • 1.5K
    SHARES

  • कोरोना परीक्षण र उपचारबाट सरकार पछि हटेको छैनः प्रधानमन्त्री ओली

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को पहिचान, परीक्षण र उपचारको व्यवस्था सरकारले गर्ने जनाएका छन्।

    संक्रमितको मृत्यु हुँदा पूर्ववत् गरिँदै आएको शव व्यवस्थापनको व्यवस्था पनि यथावत कायम रहेको प्रधानमन्त्रीले बताएका छन्।

    सरकाले हुनेले नहुनेलाई सहयोग गर्न मात्र आह्वान गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

    शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन्।

    राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने र तिनलाई विश्वास नगर्न प्रधानमन्त्रीको आग्रह छ।

    गत चैतमा लकडाउन सुरु हुँदा दुई जना संक्रमित भएको अवस्थामा होस् या हाल दैनिक हजारौँको संख्यामा संक्रमित पुष्टि भएका बेला भ्रमहरु र अफवाह फैलाउने काम उत्तिकै भएको ओलीको भनाइ छ।

    उनले भने, ‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी विरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।’


    शुक्रवार, कार्तिक ७ २०७७०५:१२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij