Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

ग्याल्पो ल्होसारमा राष्ट्रपतिको शुभकामना—समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस्

ग्याल्पो ल्होसारमा राष्ट्रपतिको शुभकामना—समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस्

  • सोमवार, फाल्गुण २८ २०८०

  • 654
    SHARES

  • ग्याल्पो ल्होसारमा राष्ट्रपतिको शुभकामना—समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस्
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गर्नुभएको छ । 
     
    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ। 
     
    ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ।


    सोमवार, फाल्गुण २८ २०८००६:५२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij