Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आफूहरुले जोखिम मोलेर सरकारलाई समर्थन दिएका छौँ : स्वर्णिम वाग्ले

आफूहरुले जोखिम मोलेर सरकारलाई समर्थन दिएका छौँ : स्वर्णिम वाग्ले

  • बुधवार, फाल्गुण ३० २०८०

  • 1.1K
    SHARES

  • आफूहरुले जोखिम मोलेर सरकारलाई समर्थन दिएका छौँ : स्वर्णिम वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले जोखिम मोलेर नै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताउनुभएको छ । बुधवार प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका उपाध्यक्ष समेत रहेका वाग्लेले यस्तो बताउनुभएको हो ।

    ‘तीन महिना र एक हप्ताअघि पनि उहाँको कुर्सी हल्लिएको थिएन । त्यसैले अस्थिरता बेइमानीजस्ता भाष्यभन्दा माथि उठेर हामीले उहाँको बेचैनीको जरैसम्म पुग्न खोज्यौ भने उहाँलाई न्याय हुन्छ’, वाग्लेले भन्नुभयो, ‘व्याज खाएर र कुर्सी ओगटेर नभई कामै गरेर राष्ट्र हितका सवालमा प्रधानमन्त्रीज्यूको लेगेसीलाई दरिलो बनाउने चाहाना र उहाँको लेगिसी फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेर साथ दिएको छ ।’

    उहाँले आफूहरू काम गर्न सरकारमा गएको भन्दै नयाँ दल भएकाले सरकारमा नगएको भए पनि फरक नपार्ने अवस्था रहँदा रहँदै राजनीतिमा फ्रेसनेसको प्रिमियर हुने भएकाले आफूहरू सरकारमा गएको बताउनुभयो ।

    उहाँले सङ्घर्षपूर्ण राजनीतिबाट उदाएको जीवनको उत्तरार्धमा कुनै नेताले आफ्नो लेगेसीको खोजी गर्ने भन्दै म के का लागि चिनिन चाहन्छु भन्ने राजनीतिमा अहम् प्रश्न रहेकाले सबै वरिष्ठ नेताहरूमा त्यो भइदिने हो भने यो देश धेरै अगाडि बढिसकेको हुने थियो भन्नुभयो ।


    बुधवार, फाल्गुण ३० २०८००१:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij