Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ र ललितपुरमा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती

काठमाडौँ र ललितपुरमा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती

  • शनिवार, कार्तिक ८ २०७७

  • 822
    SHARES

  • काठमाडौँ र ललितपुरमा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती

    काठमाडौं । काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।
    बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो ।

    “सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छौँ”, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले भनिन्, “होम आइसोलेनमा बसेका केही सङ्क्रमित घरबाट बाहिर निस्कन थालेको सुनिएपछि उहाँहरूको उच्च निगरानी गर्ने कामसमेत गरेका छौँं । ” उनले चुुनौती थपिँदै गएकाले चाडबाडका लागि थप मापदण्ड ल्याउनुुपर्ने अवस्था आएको उनले बताइन् ।

    ललितपुर र काठमाडौँ महानगरभित्र गरी दैनिक करिब एक हजार तीन सयदेखि एक हजार पाँच सयसम्म कोरोनाका सङ्क्रमित भेटिन थालेका छन् ।

    सत्यालका अनुसार सङ्क्रमित बढ्दै गएपछि कुन घरमा कसलाई कोरोना लागेको छ भन्ने पनि छिमेकीलाई जानकारी नभएकाले छिमेकीले चाहेर पनि आवश्यक सहयोग गर्न सकेका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    शनिवार, कार्तिक ८ २०७७०७:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij