Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

उदयपुरमा बोलेरो जिप दुर्घटना, ७ जनाको मृत्यु, ७ घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना, ७ जनाको मृत्यु, ७ घाइते

  • बिहिवार, चैत्र १ २०८०

  • 701
    SHARES

  • उदयपुरमा बोलेरो जिप दुर्घटना, ७ जनाको मृत्यु, ७ घाइते
    काठमाडौं । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । 
     
    दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिनुभयो ।
     
    अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताउनुभयो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको पनि प्रहरीको भनाइ छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
     


    बिहिवार, चैत्र १ २०८००१:०८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij