Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पदको लोभ छैन, कम्युनिष्ट एकतामा जोड छ : माधव नेपाल

पदको लोभ छैन, कम्युनिष्ट एकतामा जोड छ : माधव नेपाल

  • शुक्रवार, चैत्र २ २०८०

  • 1.4K
    SHARES

  • पदको लोभ छैन, कम्युनिष्ट एकतामा जोड छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताउनुभएको छ ।

    पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले आफूलाई कुनै पद ओगटेर बस्ने इच्छा नभएको बताउनुभयो ।

    उहाँले देशको परिवर्तनमा इमानदार नेता कार्यकर्ता चाहिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामी नयाँ चरणमा छलफलमा छौँ। सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल हुँदैछ। अरू कुराहरू पनि छलफल हुँदैन। हामीसँग कुन ढंगको व्यवहार हुन्छ त्यसमा भर पर्छ हामी अहिलेसम्म छलफलमा बसिसकेका छैनौँ। छलफल गर्दै जानेछौँ ।’

    नेपालले पार्टीका नेता कार्यकर्तालाई इमानदार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिनुभयो ।

     


    शुक्रवार, चैत्र २ २०८००२:१६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij