Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जाउलेपानीमा बस दुर्घटना, सात जनाको मृत्यु

जाउलेपानीमा बस दुर्घटना, सात जनाको मृत्यु

  • सोमवार, चैत्र ५ २०८०

  • 1.2K
    SHARES

  • जाउलेपानीमा बस दुर्घटना, सात जनाको मृत्यु

    काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

    रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

    बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

    घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


    सोमवार, चैत्र ५ २०८००७:४३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij