Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘एउटै मुद्दामा दीपेश पुन पक्राउ र रवि लामिछाने गृहमन्त्री बन्ने हुन्छ?’

‘एउटै मुद्दामा दीपेश पुन पक्राउ र रवि लामिछाने गृहमन्त्री बन्ने हुन्छ?’

  • मंगलवार, चैत्र ६ २०८०

  • 1.1K
    SHARES

  • ‘एउटै मुद्दामा दीपेश पुन पक्राउ र रवि लामिछाने गृहमन्त्री बन्ने हुन्छ?’
    काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सहकारी ठगीमा जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएकोमा आपत्ति जनाउनुभएको छ ।
     
    प्रतिनिधि सभाको आजको बैठकमा सांसद गिरीले सहकारी ठगीमा जोडिएका दीपेश पुन पक्राउ पर्नु तर सोही खालको उजुरी दिएका रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकोप्रति आपत्ति जनाउनुभएको हो।
     
    बैठकको सुरुमै सभामुखसँग समय लिएर कांग्रेस दीपक गिरीले गृहमन्त्री लामिछानेले राजीनामा दिनु नै कांग्रेसको अडान रहेको बताउनुभयो ।
     
    ‘पोखरा सूर्य दर्शन बचत सहकारी पीडितले माघ २२ गते रास्वपाका सभापति रवि लामिछाने र दीपेश पुनविरुद्ध उजुरी दिएका थिए । दीपेश पुन गिरफ्तार भए, रवि लामिछानेले अझै ठूलो पद पाउनु भएको छ’, गिरीले भन्नुभयो, ‘प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो, सीआईबीले सघाइरहेको थियो । तत्कालीन गृह मन्त्रीले छानबिन गर्न दिनुभएको थियो । तर रविलाई जसरी पनि गृह मन्त्रालय चाहिन्छ भन्नेले अनुसन्धान प्रभावित गर्न खोजेको देखियो ।’
     
    आफैंले आफैंलाई कारबाही गरेको नजिर नरहेकोले रविले गृह मन्त्रालयबाट राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।
     
    सहकारीको सदस्य नरहेका रवि सहकारी ठगीमा फरार जीबीका तत्कालीन व्यापारिक साझेदार रहेकोले पनि उहाँमाथि अनुसन्धान हुनुपर्ने  गिरीको माग थियो ।
     
    प्रधानमन्त्री प्रचण्ड उपस्थित संसद् बैठकमा गिरीले भन्नुभयो ‘स्वार्थको द्वन्द्व हुने गरी रविलाई किन गृहमन्त्री बनाइएको गरेको हो ? फायर साइडमा जवाफ दिएर हुँदैन, संसद्‌मा जवाफ चाहिन्छ ।’


    मंगलवार, चैत्र ६ २०८००३:२२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij