Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महरालाई अवस्था हेरेर करुणाले छोडिएको हो : रवि लामिछाने

महरालाई अवस्था हेरेर करुणाले छोडिएको हो : रवि लामिछाने

  • शनिवार, चैत्र १० २०८०

  • 2.0K
    SHARES

  • महरालाई अवस्था हेरेर करुणाले छोडिएको हो : रवि लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताउनुभएको छ ।

    शनिबार आयोजित पार्टीको कार्यक्रममा उहाँले महरालाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताउनुभएको हो ।

    ‘८–१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ’, लामिछानेले भन्नुभयो।

    उहाँले अगाडि भन्नुभयो, ‘त्यसैले धेरै बिरामी अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’

     


    शनिवार, चैत्र १० २०८००५:४६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij