Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

  • सोमवार, चैत्र १२ २०८०

  • 1.4K
    SHARES

  • नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै
    काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दै छ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।
     
    नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरू विना दबाब गर्नेछन् ।
     
    नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।
     
    सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी–२० आई खेल खेलेका छन् ।
     
    यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।
     
    नेपालले अनिल शाह, आकाश चन्द र विवेक यादवलाई आज मौका दिने सम्भावना छ । पछिल्लो समय लयमा नभएका अभिनाश बोहरालाई पनि सुधार गर्ने राम्रो अवसर हुनेछ ।
     
    आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी टोलीमा हुँदा नेपालसँगको खेल कडा टक्कर हुनसक्ने अनुमान गरिएको छ ।


    सोमवार, चैत्र १२ २०८००६:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij