Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता भेटिएन : आईजीपी कुँवर

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता भेटिएन : आईजीपी कुँवर

  • बुधवार, चैत्र १४ २०८०

  • 1.5K
    SHARES

  • सहकारी ठगीमा रवि लामिछानेको संलग्नता भेटिएन : आईजीपी कुँवर

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गर्नुभएको थियो ।

    जवाफ दिने क्रममा आईजीपी कुँवरले भन्नुभयो, ‘मैले ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।’

    उहाँले गृहमन्त्रीतर्फ हेर्दै भन्नुभयो, ‘अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’


    बुधवार, चैत्र १४ २०८००२:१२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij