काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गर्नुभएको छ । यसपटक कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको भन्दै उनले परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन अपिल गर्नुुभएको हो ।
दसैंको अवसरमा शुभकामना दिँदै मन्त्रीे नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गर्यौं भने कोरोबाट बच्न सघाउ पुुग्ने भएकाले सम्पूर्णलाई मापदण्ड पालनामा ध्यान दिन उहाँले अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध र सरकार सधैं आम नागरिकको साथमै रहेको उहाँले उल्लेख गर्दै मन्त्री यो महामारी विरूद्धको लडाइँमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी रहेकोमा जोड दिनुुभयो ।
सबै तहका सरकार, राजनीतिक दलहरू, समूदाय, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गर्दै मन्त्री ढकालले यो एकताले महामारीविरुद्धको हाम्रो विजय सम्भव हुने विश्वास व्यक्त गर्नुुभएको छ ।