Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नयाँ पार्टीमा भगवान जन्मे, भगवान प्रश्न भन्दामाथि हो : गगन थापा

नयाँ पार्टीमा भगवान जन्मे, भगवान प्रश्न भन्दामाथि हो : गगन थापा

  • बिहिवार, चैत्र १५ २०८०

  • 1.1K
    SHARES

  • नयाँ पार्टीमा भगवान जन्मे, भगवान प्रश्न भन्दामाथि हो : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले र रास्वपा नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको भन्दै टिप्पणी गर्नुभएको छ ।

    दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै उहाँले कांग्रेसले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेका छौँ। हामीलाई यो मन पनि पर्छ। पार्टीको कार्यक्रम सार्वजनिक रूपमै राखेर पार्टीको समस्या समाधान गरिरहेका छौँ। नेतालाई आफ्नो कुरा भन्न पनि पाउने, आफ्नो फरक मत राख्न पनि पाउनुपर्ने पार्टी हामीलाई मन पनि परिरहेको छ। अरू पार्टी हेर्नुस् त। एमालेमा अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा। बाभन्दा मुनि सबै जना हुने। बा चाहिँ प्रश्न भन्दामाथि हुने। आलोचना जसले गर्छ त्यसलाई पार्टीबाट बाहिर निकाल्ने।’

    उहाँले रवि लामिछाने नेतृत्वको रास्वपामा पनि त्यस्तै प्रवृत्ति रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नयाँ पार्टीमा पनि त्यस्तै छ। अध्यक्ष भनेपछि भगवान्। भगवान् चाहिँ प्रश्नभन्दा माथि। भगवानले ठगेपनि लुटेपनि माथि हुने। त्यस्तो पार्टी पनि बनाउन मिल्छ। तर, हामीले त त्यस्तो पार्टी नबनाउने भन्यौँ। प्रश्न र छलफल गर्ने पार्टी भनेका छौँ ।’


    बिहिवार, चैत्र १५ २०८००१:१०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij