Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • बिहिवार, चैत्र १५ २०८०

  • 1.1K
    SHARES

  • यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    काठमाडौं । सरकारले सहसचिव डा. हरिप्रसाद लम्साललाई सचिव नियुक्त गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सुदूरपश्चिम प्रदेश सरकारका कायमुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

    यस्तै चालू आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ भने १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१–८२ का लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।

    यस्तै नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।


    बिहिवार, चैत्र १५ २०८००८:५०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij