काठमाडौं । आयरल्याण्ड ए विरुद्ध नेपालका ओपनर लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै शतक बनाएका छन् ।
उनले ५२ बलमा ८ छक्का र ८ चौका प्रहार गर्दै शतक बनाएका हुन् । ३७ बलमा ३ छक्का र ५ चौका सहित अर्धशतक बनाएका लोकेशले त्यसपछि बिस्फोटक ब्याटिङ गरे ।
२२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपालका लागि ५६ बलमा १०९ रन बनाएर लोकेश आउट भएका छन् ।
नेपालले १७ ओभरमा चार विकेट गुमाएर १९५ रन जोडेको छ ।