Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ट्रम्पले पनि गरे निर्वाचनअघि नै मतदान

ट्रम्पले पनि गरे निर्वाचनअघि नै मतदान

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.5K
    SHARES

  • ट्रम्पले पनि गरे निर्वाचनअघि नै मतदान

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निर्वाचनअघि नै मतदान गरेका छन् । ३ नोभेम्बरमा हुने निर्वाचनका लागि मुख्य निर्णायक राज्यहरुमा चुनावी र्‍यालीमा जानुअघि राष्ट्रपति ट्रम्पले फ्लोरिडामा मतदान गरेका हुन् । उनले मतदान गरेर बाहिरिएपछि सयौं समर्थकहरु झण्डासहित उपस्थथि भएका थिए र उनीहरुले ट्रम्पको पक्षमा नारा लगाउँदै ‘थप चार वर्ष’ का लागि ट्रम्पको पक्षमा मतदान गर्न अपिल गरेका थिए ।

    कोरोना महामारीका कारण निर्वाचनअघि नै मतदान गर्नेहरुको संख्या बढ्दै गएको छ । हालसम्म अमेरिकामा पाँच करोड ६० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । राष्ट्रपति निर्वाचनको १० दिनअघि राष्ट्रपतिका दुबै उमेदवार आफ्नो चुनावी र्‍यालीमा सरिक हुँदै आएका छन् ।


    आइतवार, कार्तिक ९ २०७७०४:०९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij