Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेकपा एसले एक प्रदेशको मुख्यमन्त्री दाबी गरेपछि प्रचण्डलाई दबाब

नेकपा एसले एक प्रदेशको मुख्यमन्त्री दाबी गरेपछि प्रचण्डलाई दबाब

  • आइतवार, चैत्र १८ २०८०

  • 1.9K
    SHARES

  • नेकपा एसले एक प्रदेशको मुख्यमन्त्री दाबी गरेपछि प्रचण्डलाई दबाब

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सात मध्ये कम्तीमा एक प्रदेशको मुख्यमन्त्री, संघीय सरकारमा थप एक मन्त्री र सबै राजनीतिक नियुक्तिमा सम्मानजनक सहभागिताको लिखित ग्यारेन्टी मागेपछि प्रदेश सरकार गठन तथा विश्वासको मत लिने प्रक्रियामा अन्योल सिर्जना भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बागमती वा कोशीको सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने शर्त राख्नुभएको छ। कोशीमा नेकपा एसको ४ सीट छ भने बागमतीमा ८ सीट छ ।

    माधव नेपालले संवैधानिक परिषद्ले गर्ने नियुक्तिमा समेत नेकपा एसको हिस्सा हुनुपर्ने बताउनुभएको छ। नेपालले यथास्थितिमा प्रदेश सरकार गठन तथा विश्वासको मत लिने दिने प्रक्रियामा नेकपा एस एमाले र माओवादीसँग नरहने बताउनुभएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले सोमवार विश्वासको मत लिने तयारी छ । तर नेकपा एसले यथास्थितिमा विश्वासको मत दिन नसकिने जनाएको छ ।


    आइतवार, चैत्र १८ २०८००४:२१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij