Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रुसमा श्रम स्वीकृति दिएकोबारे प्रदीप पौडेलको आपत्ति

रुसमा श्रम स्वीकृति दिएकोबारे प्रदीप पौडेलको आपत्ति

  • सोमवार, चैत्र १९ २०८०

  • 913
    SHARES

  • रुसमा श्रम स्वीकृति दिएकोबारे प्रदीप पौडेलको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले श्रम मन्त्रालयले रुसको श्रम स्वीकृति दिएकोमा प्रश्न उठाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले मानव तस्करलाई अनुकूल हुने गरी श्रम स्वीकृति दिइएको आरोप लगाउनुभएको छ ।

    ‘यतिबेला श्रम मन्त्रालये श्रम स्वीकृति किन दियो ?,’ उहाँको प्रश्न छ, ‘मानव तस्करलाई अनुकूल हुने गरी किन दियो ? यसभित्र गम्भीर स्वार्थ लुकेको देखेका छौँ ।’ यस्तै उहाँले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको बताउनुभयो। रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको उहाँको भनाइ छ ।

    ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् ? उहाँको अवस्था के छ ? आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ,’ उहाँले भन्नुभयो, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’ पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुसँग रुसी सेनामा ७ सय भन्दा बढी नेपाली रहेको तथ्यांक रहेको सुनाउनुभयो ।

    परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले मिलाएको समयमा रुसी समकक्षीसँग वार्ता गर्ने बाहेक केही नगरेको पौडेलको आरोप छ ।


    सोमवार, चैत्र १९ २०८००२:१०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij