Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीले हत्या गर्ने धम्की दिएको खुलासा

रेशम चौधरीले हत्या गर्ने धम्की दिएको खुलासा

  • सोमवार, चैत्र १९ २०८०

  • 567
    SHARES

  • रेशम चौधरीले हत्या गर्ने धम्की दिएको खुलासा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताउनुभएको छ ।

    नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार एउटा छलफलमा आफूलाई हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताउनुभयो ।

    ‘हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा टीकापुर नगरपालिकाका मेयर साब, वडा नं ४ का वडाध्यक्ष, वडा नं ५ का वडाध्यक्ष संयुक्त रुपमा बसेका थियौं । उहाँले सिधै के भन्नुभयो भने यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण हुँदा म असुरक्षित छु भन्ने महसुस भयो’, बिकले सोमबार रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा भन्नुभयो ।

    सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरुले कुटपिट गरेको बिकले बताउनुभयो । आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताउनुभयो ।

    नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा सहभागिताको विषयमा छलफल गर्न तीन सदस्यीय वार्ता टोली बनाएको छ । वार्ता टोलीमा नेता दामोदर पण्डित, रमेश बिक पनि छन् । उनीहरुले सरकारमा सहभागिताका विषयमा छलफल गर्न बालुवाटार जाने भनेका थिए ।

    तर बालुवाटार गएमा बालुवाटारबाहिरै पिट्ने धम्की पनि दिएको बिकले बताउनुभयो ।


    सोमवार, चैत्र १९ २०८००३:२०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij