काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर दिक्दारी पोख्नुभएको छ । उहाँले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको गुनासो गर्नुभयो ।
पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गर्नुभएको हो ।
उहाँले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाउनुभयो । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उहाँले दिनुभयो । घरकै मान्छेले नमान्दा थप समस्या निम्तिएको उहाँको गुनासो छ ।