Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सिरहामा हतियार देखाएर १५ लाख लुटपाट

सिरहामा हतियार देखाएर १५ लाख लुटपाट

  • आइतवार, चैत्र २५ २०८०

  • 926
    SHARES

  • सिरहामा हतियार देखाएर १५ लाख लुटपाट
    काठमाडौं । सिरहामा आज दिउँसो हतियारधारी एक समूहले ‘मनी ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले १५ लाख ५० हजार लैजाने क्रममा हतियारधारीले  उक्त रकम लुटेका हुन् ।
     
    जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
     
    भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराहरूले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा आउँदै गरेका यादवलाई रोकी लुटपाट गरेको प्रहरीको भनाइ छ ।​
     
    हतियारधारीहरूले यादवसँग भएका ग्लोबल आईएमई बैंकका दुई वटा र राष्ट्रिय वाणिज्य बैंकका तीन वटा खाली चेक तथा मोबाइल लुटेर लगेका छन् । 
     
    सो रकम विष्णुपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ ।
     
    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


    आइतवार, चैत्र २५ २०८००२:२५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij