Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारको अभियोगमा पोखरेलसहित आठ जना विरुद्ध अदालतमा मुद्दा दायर

भ्रष्टाचारको अभियोगमा पोखरेलसहित आठ जना विरुद्ध अदालतमा मुद्दा दायर

  • मंगलवार, चैत्र २७ २०८०

  • 1.1K
    SHARES

  • भ्रष्टाचारको अभियोगमा पोखरेलसहित आठ जना विरुद्ध अदालतमा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले मंगलबार निर्देशनालयकै कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठ विरुद्द प्रतिव्यक्ति २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभयो ।


    मंगलवार, चैत्र २७ २०८००३:४४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij