Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने मागमा सत्तापक्षकै सांसदको समर्थन

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने मागमा सत्तापक्षकै सांसदको समर्थन

  • बुधवार, चैत्र २८ २०८०

  • 1.8K
    SHARES

  • गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने मागमा सत्तापक्षकै सांसदको समर्थन
    काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागमा सत्तापक्षकै सांसदले समर्थन जनाएका छन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका सांसद राजेन्द्र पाण्डेले कांग्रेसले उठाएको मागलाई ध्यान दिएर संसद् अवरोध खोल्नु पर्ने बताउनुभएको हो । 
     
    आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद पाण्डेले सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दलले उठाएको माग सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।
     
    ‘संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षी दलले सहकारी ठगी प्रकरणका सम्बन्धमा छानबिनको माग लिएर संसद्को बैठक अवरोध गरिरहेको छ । प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसद्को यो गतिरोध अन्य गर्न म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु’, पाण्डेले भन्नुभयो । 
     
    नेकपा एस पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वको सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदबाट संसदीय छानबिनको कांग्रेसको मागमा समर्थन भएपछि सरकारमाथि दबाब बढेको छ । सहकारीको रकम हिनामिना गरेको भन्दै कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक हिजो र आज पनि स्थगित भएको छ । 
     
    कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक आगामी २०८१ वैशाख २ सम्मको लागि स्थगित भएको छ ।
     


    बुधवार, चैत्र २८ २०८००२:३६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij