एजेन्सी । कोरोनाभाइरसबाट संक्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काम गर्न भनिएको छ।
उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोभिड(१९ का कारण बिरामी भएका छन्।अहिले १० वटा अस्पतालहरूले कोरोनाभाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गर्न अनुरोध गरेका छन्।
बेल्जियमको चिकित्सक सङ्घका प्रमुखले अस्पतालको प्रणालीलाई जोगाइ राख्न सङ्क्रमित चिकित्सकलाई बोलाउनुको विकल्प नभएको बताएका छन् ।
बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एकजनालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।अस्पतालहरूले बिरामीलाई अन्यत्र सारिरहेका छन् र अत्यावश्यकीय बाहेकका शल्यक्रियाहरू रोकेका छन्।
युरोपभरका सरकारहरूले कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेका छन्।बिबिसीबाट