Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

धरानमा थप एकजना संक्रमितको मृत्यु

धरानमा थप एकजना संक्रमितको मृत्यु

  • मंगलवार, कार्तिक ११ २०७७

  • 1.0K
    SHARES

  • धरानमा थप एकजना संक्रमितको मृत्यु

    सुनसरी। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।

    प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो ।

    यही कात्तिक १ गते उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि कात्तिक ८ गते उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

     


    मंगलवार, कार्तिक ११ २०७७०८:०५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij