Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

एसीसी प्रिमियर कप : आज नेपालले हङकङसँग खेल्दै

एसीसी प्रिमियर कप : आज नेपालले हङकङसँग खेल्दै

  • सोमवार, बैशाख ३ २०८१

  • 1.3K
    SHARES

  • एसीसी प्रिमियर कप : आज नेपालले हङकङसँग खेल्दै
    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दै छ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ ।
     
    एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
     
    आज समूह एककै मलेसिया र कतार पनि बिहान पौने १२ बजे नै खेल्दैछन् । त्यस्तै आजै समूह बी अन्तर्गत ओमान र युएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल अपराह्न: सवा ४ बजे शुरु हुनेछ ।
     
    यसैबीच एसीसी प्रिमियर कप अन्तर्गत हिजो भएको खेलमा घरेलु टोली ओमानले कम्बोडियालाई ६३ रनले हराएको छ ।  हिजै भएको अर्को खेलमा साउदी अरेबियाले हङकङलाई ५५ रनले हरायो ।


    सोमवार, बैशाख ३ २०८१०६:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij