Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

  • सोमवार, बैशाख ३ २०८१

  • 1.8K
    SHARES

  • राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । 
     
    राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित हुनुहुन्थ्यो । 
     
    प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उहाँको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको थियो ।
     


    सोमवार, बैशाख ३ २०८११०:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij