Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

एसीसी प्रिमियर कप: हङकङले नेपाललाई दियो ११५ रनको चुनौती

एसीसी प्रिमियर कप: हङकङले नेपाललाई दियो ११५ रनको चुनौती

  • सोमवार, बैशाख ३ २०८१

  • 635
    SHARES

  • एसीसी प्रिमियर कप: हङकङले नेपाललाई दियो ११५ रनको चुनौती

    काठमाडौं। एसीसी प्रिमियर कपमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो।

    कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

    ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६,अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए।

    नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए।


    सोमवार, बैशाख ३ २०८१०२:३९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij