Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपाको चियापान कार्यक्रम स्थगित

नेकपाको चियापान कार्यक्रम स्थगित

  • मंगलवार, कार्तिक ११ २०७७

  • 847
    SHARES

  • नेकपाको चियापान कार्यक्रम स्थगित

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

    ‘हाम्रो पार्टीले नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ’, पार्टी कार्यालयको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    नेकपाले बडादशैं, तिहार, नेपाल सम्वत्, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।


    मंगलवार, कार्तिक ११ २०७७०१:४९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij